२९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | १५:३८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महीनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।
भन्सार विभागले सर्वजनिक गरेको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० केजी सुन नेपालले आयात गरेको विभागको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोहि अवधिसम्ममा नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३० लाख १८ हजार केजी सुन नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन आयात ४० प्रतिशतले बढेको देखिन्छ ।
नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो १० महीनामा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।
साथै सोही अवधिमा यूएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस