नेप्से १४.३७ अंकले बढ्याे, १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १५:२१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १६.३२ अंकले बढेर दुई हजार २ सय १७ दशमलव १९ विन्दुमा बन्द भएको थियो ।
तर आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बलेफी हाइड्रो, मैलुङखोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको हो । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.१३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस