गाउँ सहर
पोखराको मेयरमा धनराज आचार्य निर्वाचित, उपप्रमुखमा मञ्जुदेवी गुरुङ
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | ०६:०९:०० मा प्रकाशित

पोखरा । देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका छन् ।
एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको समर्थनमा उनी निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए ।
यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याउँदा ३ हजार ८ सय ८३ मतको अन्तर भएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस