गाउँ सहर

खसेको मत मध्ये २० दशमलव ८९ प्रतिशत मत बदर

हुुम्ला । जिल्लामा खसेको मत मध्ये २० दशमलव ८९ प्रतिशत मत बदर रहेको छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा चार प्रतिशत भन्दा बढी मत बदर भएको पाईएको छ । आयोगले मतदाता शिक्षाको व्यवस्था नगर्नु र राजनीति दलहरुबाट पनि मतदातालाई मतदानप्रति चासो नदिएका कारण ठूलो सङ्ख्यामा मत बदर राजनीतिक दलका अगुवाहरुले जनाएका छन् ।

गाउँ सहर संवाददाता