राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यानबीच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा जानकारी
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | १३:३३:०० मा प्रकाशित

काठमाडाैँ। युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को समूह राष्ट्रिय आविष्कार केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को भ्रमणमा गएका थिए।
उक्त भेटघाटमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा स्वागत गरेका थिए। केन्द्रका अध्यक्ष महाबिर पून अझै भ्रमणकै सिलसिलामा युरोपमा छन्।
हाल युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्ट र बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीसहितको समूहले राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक भ्रमण गरेको हो।
उक्त औपचारिक भ्रमणमा राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यानबीच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा जानकारी गराउँदै केन्द्रका कार्यकारी अध्यक्ष हरी न्यौपानेले केन्द्रमा स्वागत गरे। न्यौपानेले स्वागत मन्तव्यकै क्रममा कार्यक्रम संयोजक बिज एजुकेशन युकेका डाइरेक्टर हरी कार्की लाई धन्यवाद दिँदै आविष्कार केन्द्रको आवश्यकता र औचित्यमा युक्ल्यानले पुर्याएको योगदानको उच्च कदर गर्दै युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्टलाई केन्द्रको भ्रमण गराएका थिए।
केन्द्रको औपचारिक भ्रमणपश्चात युक्ल्यानकी डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टनले पत्रकार सम्मेलन मार्फत युक्ल्यान र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यले नयाँ नयाँ प्रविधिको विकासले नेपालको गरिबी निवारण गर्नुपर्ने र यसमा युक्ल्यान सधैँ साथ रहने समेत जानकारी गराइन्। युक्ल्यानका डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्टले पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीहरूले गरेका नयाँ नयाँ प्रविधिको विकासको व्यवहारिक र व्यवसायीकताकाे प्रवर्द्धनमा युक्ल्यान सधैँ साथ रहने जानकारी गराए।
बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीले भ्रमणका क्रममा पत्रकार समक्ष आफू नेपाली भएर प्रवासमा रहिरहँदा समग्र नेपालको दिगो विकासमा सोचिरहेको र हरेक प्रवासीहरूले नेपालको दिगो विकासमा लागि पर्नु पर्ने जानकारी गराए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस