राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यानबीच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा जानकारी
- गाउँ सहर संवाददाता
- ५ जेठ बिहीबार, २०७९ | १३:३३:०० मा प्रकाशित
काठमाडाैँ। युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को समूह राष्ट्रिय आविष्कार केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पून गत महिना मात्र युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान) को भ्रमणमा गएका थिए।
उक्त भेटघाटमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा स्वागत गरेका थिए। केन्द्रका अध्यक्ष महाबिर पून अझै भ्रमणकै सिलसिलामा युरोपमा छन्।
हाल युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्ट र बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीसहितको समूहले राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक भ्रमण गरेको हो।
उक्त औपचारिक भ्रमणमा राष्ट्रिय आविष्कार केन्द्र र युक्ल्यानबीच हुँदै गरेको अनुसन्धान र विकासका बारेमा जानकारी गराउँदै केन्द्रका कार्यकारी अध्यक्ष हरी न्यौपानेले केन्द्रमा स्वागत गरे। न्यौपानेले स्वागत मन्तव्यकै क्रममा कार्यक्रम संयोजक बिज एजुकेशन युकेका डाइरेक्टर हरी कार्की लाई धन्यवाद दिँदै आविष्कार केन्द्रको आवश्यकता र औचित्यमा युक्ल्यानले पुर्याएको योगदानको उच्च कदर गर्दै युक्ल्यानका डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टन, डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्टलाई केन्द्रको भ्रमण गराएका थिए।
केन्द्रको औपचारिक भ्रमणपश्चात युक्ल्यानकी डाइरेक्टर अफ इन्टरनेसनल रिक्रूटमेंट एलीसन डेन्टनले पत्रकार सम्मेलन मार्फत युक्ल्यान र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यले नयाँ नयाँ प्रविधिको विकासले नेपालको गरिबी निवारण गर्नुपर्ने र यसमा युक्ल्यान सधैँ साथ रहने समेत जानकारी गराइन्। युक्ल्यानका डाइरेक्टर साउथ एसिया गोविन्द सिंह बिष्टले पत्रकार सम्मेलन मार्फत राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीहरूले गरेका नयाँ नयाँ प्रविधिको विकासको व्यवहारिक र व्यवसायीकताकाे प्रवर्द्धनमा युक्ल्यान सधैँ साथ रहने जानकारी गराए।
बिज् एजुकेशन युकेका डाइरेक्टर हरी कार्कीले भ्रमणका क्रममा पत्रकार समक्ष आफू नेपाली भएर प्रवासमा रहिरहँदा समग्र नेपालको दिगो विकासमा सोचिरहेको र हरेक प्रवासीहरूले नेपालको दिगो विकासमा लागि पर्नु पर्ने जानकारी गराए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस