ग्रान्ड यूके एजुकेसन फेयर होटल एभरेष्टमा आयोजना हुँदै, विविध जानकारी लिन सकिने
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | २०:३३:०० मा प्रकाशित

काठमाडाैँ । एडु ब्रिज कन्सल्ट्यान्सी, बिज एजुकेसन र डल्फिन एजुकेसनको संयुक्त आयोजनामा बेलायत अध्ययनार्थ जान चाहने विद्यर्थीहरुलाई लक्षित गरी बेलायतका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु सामु "ग्रान्ड यूके एजुकेसन फेयर" को आयोजना हुने भएको छ ।
विभिन्न कोर्सहरु, आई ई एल टी एस, स्कलरसिपको सुविधा, विश्वविद्यालय र शिक्षण संस्था छनोट, अध्ययनार्थ बेलायत जाँदा लाग्ने खर्चहरु तथा पड्ने सहरका बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी प्रदान गर्ने उद्धेश्यले, यही मे १९ तारीख बिहीबारका दिन "दि एभरेष्ट होटल" नयाँ बानेश्वर काठमाडौंमा "ग्रान्ड यूके एजुकेसन फेयर" को आयोजना हुन गइरहेको सूचना बिज एजुकेसनका डाइरेक्टर हरी कार्कीले जानकारी गराए ।
यस्तो किसिमको फेयरको आयोजना गर्दा विद्यार्थीहरुले एउटै इभेन्ट मार्फत उक्त देशका विश्वविद्यालका प्रतिनिधिहरु मार्फत प्रत्यक्ष कुराकानी गरी लाभ लिन सकिने भएकाले यो अन्तर्राष्ट्रिय अध्ययनमा जान इच्छुक विद्यार्थीहरुका लागि निकैनै लाभदाई हुने भन्दै एडु ब्रिज कन्सल्ट्यान्सीका फाउन्डर सिइओ योगेश क्षेत्रीले जानकारी गराए ।
युकेका उत्कृष्ट युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरूका प्रतिनिधिसंग प्रत्यक्ष रूपमा कुरा गरी अन्तर्राष्ट्रिय अध्ययनमा जानु अघि र गइसके पछि खडा हुने आफ्ना विषयसँग सम्बन्धित कुनैपनि समस्याका बारेमा समाधान खोज्नेकाे लागि १९ तारिखका दिन होटल एभरेष्टमा हुन गइरहेको ग्राण्ड युके एजुकेशन फेयर २०२२ भिजीट गरी मौकाको फाइदा उठाउन डल्फिन एजुकेसन कन्सल्टेन्सीका डाइरेक्टर प्रेम पाण्डेले जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस