ब्लग

दुइदिन सार्वजनिक विदाः सरकारी कर्मचारीलाई मोजमस्ती, जनतालाई सधैँ सास्ती

  • उमेश थापा
  • ३ जेठ मंगलबार, २०७९ | १२:३८:०० मा प्रकाशित

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आइतबार सार्वजनिक बिदा भएपनि बाटोमा सरकारी गाडी गुडेको देखियो । इन्धनको खर्च घटाउने भनेर सरकारले गरेको निर्णयलाई साइडमा राखेर सरकारी कर्मचारी मोजमस्ती गर्न हिँडेका छन् ।

आफ्नो परिवारजन बोकेर घुम्न निस्किएको देख्दादेख्दै पनि ट्राफिकले सरकारी गाडी रोकेर सोधपुछ गर्ने हिम्मत राख्दैन । कानुनमा सार्वजनिक बिदाको दिनमा सरकारी गाडी चलाउन नपाउने भनेपनि कर्मचारीहरुले नियम उल्लङघन गरेको पाइन्छ । आजको मात्र नभई यसअघि पनि कर्मचारीहरुले पटकपटक सरकारी गाडीको दुरुपयोग गरेका छन् ।

रासन किन्नदेखि प्रेमिका भेट्नसमेत सरकारी गाडी लिएर जान्छन् । भट्टी जान पर्यो भने पनि त्यहि गाडीको प्रयोग हुन्छ । तर, गृहमन्त्री बालकृष्ण खाँण कर्मचारीको अगाडि टुलुटुलु हेरेर बसेका छन् । उनले केही गर्न सक्दैनन् भनेर कर्मचारीहरुले अटेरी गरेको हुन् । ट्राफिक महाशाखा पनि उनीहरुको अगाडि लम्पसार परेको छ ।

सरकारी गाडि चलाउने चालक र हाकिम २० लिटर तेलले पुग्ने ठाउँमा ७० लिटर तेल लाग्यो भनेर बिल बनाएर पैसा खाने गरेका घटना ताजै छन् । सरकारी गाडी मर्मत गर्न  आफूले चिनेको वर्कशपमा लिएर जान्छन् र त्यहाँबाट पनि बीस हजार खर्च भएकोमा दुई लाखको बिल बनाएर पेश गर्ने गर्दछन् । सरकारी गाडी चलाउने चालकले हाकिमलाई छोडेर गाडी आफ्नो घरमा लिएर जान्छन् र आफन्तलाई घुमाउने र सिकाउने काम गर्छन् ।

सबै भन्दा बढि जनताले तिरेको कर सरकारी गाडी खरिदमा खर्च भइरहेको छ  । त्यसकाे सञ्चालन र मर्मतसम्भारकाे भाे कुरा गरिसाद्धे छैन । मनपरी अचाक्ली छ । रैपनि हामी सुध्रिएका छैनाैँ । उत यहिबेला स्थानीय निर्वाचनमा अर्बाैँ खर्च भएकाे छ ।

जनता गाडी नपाएर कुरिरहकेका छन् सरकारी गाडीमा भने हाकिम चालक र उसका आफन्तहरुले मोजमस्ती गरिरहेका हुन्छन् । सरकारी कर्मचारी जनताको सेवा होइन जनताको शोषण गरिरहेका छन् । सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले गर्दा  आज हाम्रो देशले  विदेशीहरुसँग ऋण लिनुपरिरहेको छ जसले हाम्रो देशले अहिले आर्थिक सङ्कटमा भोग्नुपर्ने अवस्था देखिरहेको छ ।

सरकारी कर्मचारी र नेताहरुले व्यक्तिगत सम्पत्ति जोडेर मोज मस्ती गरे र आज नेपाली जनताको टाउको विदेशी ऋण भोकाइरहेका छन् । । जनतामा पनि चेतना भएन सरकारी कर्मचारीको विरोधमा बोल्न सकेनन् र राजनीतिक दलको झोला बोक्न छोडेनन् । सरकारले दुई दिन बिदा दिने घोषण ग(यो ।

बिदाको दिनमा पनि सरकारी गाडी चल्नमा रोक लगाईएको छैन । सरकारले खर्च कटौती गरेर अर्थतन्त्र बलियो बनाउन खोजे पनि सरकारी कर्मचारीमा भने सुधार आएको छैन । उद्धेश्यनुसारको विदा प्रयोग भएको छैन । किनकी यो अभावलाई टार्नको लागि सरकारले दुइदिन सार्वजनिक विदा दिएर जुन वचत र अभावमा परिचालन गर्ने सोच थियो जुन यो शैलीले घटाउन सकेको छैन । आयतमा खर्बौँ खर्चलाई न्यूनतममा झार्ने सरकारी उद्धेश्य यो तालले पूरा हुने देखिँदैन । यसतर्पफ ध्यान दिने कि ! नत्र विदाको औचित्य के ?

तपाईँको मत