ब्लग

पैसाको आडमा चुनाव जित्नेको लर्को, उड्ने र गुड्ने सबै प्याक

  • उमेश थापा
  • २५ बैशाख आइतबार, २०७९ | १२:५७:०० मा प्रकाशित

स्थानीय निर्वाचनको मिति केहिदिन मात्र बाँकी छ । राजनीतिक दलका नेता र उम्मेदवारहरु जनतालाई फकाउन, ढाँट्न र पैसा खर्च गर्नमै व्यस्त देखिन्छन् । वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि धमाधम बोलाउने काम भइरहेको छ । उपत्यका पनि लगभग खालीखाली भइसकेको छ । मतदान गर्नका लागि सबैजना आफ्नो जन्मथलो फर्किँदै छन् । उड्ने र गुड्ने सबै प्याकाप्याक भइसकेको छ ।

गाडीभाडा र उडान खर्च सबै उम्मेदवारहरुले नै बेहोरिरहेका छन् । काठमाडौंको कोटेश्वर, बल्खु, कलंकी र नयाँ बसपार्कमा निकै भीड छ । तर, यहाँ राम्रालाई होइन् हाम्रालाई भोट हाल्नका निम्ति योजना भइरहेको छ । आउनजान, खानबस्न सबै खर्च नेताहरुले बेहोरिपछि भोलिको दिनमा उसले यसको प्रतिफल खोज्ने भइ हाल्यो । अहिले के के न पाइन्छ ? भनेर दौडिएका जनताले नै यसको मार खेप्नुपर्छ ।

मुलुकमा गरिबी बढ्नुको कारण यही नेता भएको नेपालीहरुले बिर्सिएका छन् । अरुलाई पाखा लगाएर आफ्नो आफन्तलाई ठेक्कापट्टा र सरकारी जागिर लगाउने पनि यिनै हुन् । चुनाव नजित्दा सबैलाई नमस्कार गर्छन्, जितेपछि हामीलाई नै चिन्दैनन् । ०७४ को स्थानीय चुनावमा वडाध्यक्ष र मेयरमा राजनीतिक पार्टीले निर्माण व्यवसायी, जग्गा दलाली, ठेकेदार र शिक्षकहरुलाई टिकट दिएको थियो ।

जुन प्रत्यक्ष रुपमा गलत भएको साबित भयो । मुलुकमा विकास होइन् विनासको मुल फुट्यो । फेरिपनि पार्टीले दोहो-याएर उनी व्यक्तिलाई टिकट दिएको छ । हिजोको दिनमा यिनीहरुले जनताप्रति देखाएका तुच्छ र रुष्ट व्यवहार पार्टीले बुझेन । मोटो रकम भए जसले पनि टिकट पाउने रहेछन् भन्ने यहाँबाट स्पष्ट भएको छ । वडाध्यक्षको टिकटका लागि तीन करोड र मेयरको लागि सात करोडसम्म खर्च गरेको बुझिएको छ ।

पार्टीलाई पोस्न नसक्नेहरु दशकौदेखि टिकटको प्रतीक्षामा छन् । पार्टी उदाँउदादेखि संघर्ष गरिरहेका व्यक्तिहरु अहिलेपनि अवसरविहिन बनेका छन् । अस्ति भर्खरै पार्टी प्रवेश गरेको व्यक्तिले टिकट पाएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, व्यवहारमा त्यस्तै काम भएको छ । कार्यकर्ताका निम्ति भनेर उम्मेदवारहरुले खानादेखि दारुसम्म फ्रि गरिदिएका छन् । व्यपारीहरुसँग पैसा माग्दै चुनाव अभियानमा खर्च गरेको पाइन्छ ।

यता, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, केपी ओलीजस्ता शीर्ष नेताहरु जति पैसा खर्च भएपनि चुनाव जित्नुपर्छ भनेर दौडधुप गरिरहेका छन् । राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेन पनि चुनावको निम्ति मोटै रकम खर्च गर्नमा देखिन्छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा धेरैचोटि मन्त्री भए । त्यतिबेला भ्रष्ट्राचार गरेको रकमले चुनाव लड्नमा तम्सिरहेका छन् ।

मधेशी दलका नेताहरु राजेन्द्र महतो उपेन्द्र यादव, महन्थ ठाकुरहरु पनि पैसाकै आडमा चुनाव जित्न अघि सरेका छन् । यता, पुष्पकमल दाहालले आफनो छोरी रेनु यादव भरतपुरबाट मेयरमा जितिनन् भने देशमा ठूलो दुर्घटना आउने भन्दै चेतावनी दिएका छन् । प्रधानमन्त्री पत्नी पनि धम्काउनमा व्यस्त देखिएकी छिन् । आफ्नो पार्टीले जित्न सकेन् भने बजेट रोकिदिने भनेर चुनौती दिँदै हिडेकी छिन् ।

जनताले एमालेलाई भोट दिएर विजय नगर्ने हो भने देशको हालत श्रीलंकाजस्तै हुन्छ भन्ने एमाले अध्यक्ष केपीको दाबी छ । बाबुराम भट्राई भने देशको अर्थतन्त्र बिग्रिएको र खर्च धान्न नसक्ने स्थितिमा आएको भनिरहेका छन् । जनताले तिर्ने कर घट्दै गएको र भत्ताहरु रोक लगाउनुपर्छ भन्दै आएका छन् । कांग्रेसको महामन्त्री गगन थापालाई देशको अर्थतन्त्र कतातिर जाँदै छ ? देशको अवस्था कस्तो छ ? थाहा छैन ।

नेताहरुको सम्पत्ति अख्तियार, शुद्दिकरण विभागले छानिविन गर्ने हो भने भ्रष्ट्राचार गर्नेमा यिनीहरुको नाम पहिले आउँछ ।  नेपालीले तिरेको कर विदेश र स्वदेश गर्दै सकाउने । हामीले दिएको मतदानबाट जित्ने अनि त्यसको बदलामा हामीलमाथि नै राजनीति गर्ने । नेपालको राजनीति दलका नेताहरुको पृष्ठभूमि केलाउने हो भने कुनै गुण्डागर्दी गरेका आएका छन् ।

कुनै मान्छे मारेर त कुनै आठ कक्षा पास गरेर आएका छन् । यिनीहरुसंग वडाध्यक्ष पदमा बस्ने क्षमतासम्म छैन् । यस्ता व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री बनाउनु हाम्रो गल्ती हो । ०५९ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले देश चलाउन नसकेर राजालाई लगेर सक्ता सुम्पिए । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर हटाइदिएका थिए । ०६५ सालमा पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएका थिए ।

आर्मीको चिफ रुकमाङ्गत कटुवाल र पशुपतिनाथ मन्दिरभित्रको पुजारीलाई चलाउँदा प्रधानमन्त्री पद नै छोडेर भाग्नुपरेको थियो । केपी ओली प्रधानमन्त्री हुँदा सरकार चलाउन नसकेर दुईचोटी सासंद् विघटन गरे । केपीले पनि असक्षम र नालायक नेता हुन् भन्ने सबैले बुझिसकेका छन् । माधव नेपालले प्रधानमन्त्री पद पाउनका लागि राजाको पाइलामा मोहोर राखेको कुरा कसैले बिसिएका छैनन् ।

प्रधानमन्त्री पदको लोभले गर्दा आमाको क्रिया नगर्ने व्यक्ति पनि माधव नेपाल नै हुन् । पुष्प कमल दाहाल पटकपटक माधव नेपाल र झलनाथ खनाललाई मेलैं नै प्रधानमन्त्री बनाईदिएको दाबी गर्छन् । यता शेरबहादुर देउवा र केपी ओलीलाई पनि मेलैं नै प्रधानमन्त्री बनाई दिएको भन्दै भाषण गर्छन् । जनताले प्रधानमन्त्री बनाएको को त ?  जनताको मतबाट चुनिएर प्रधानमन्त्री भएका नेता सुशील कोइराला मात्रै हुन् ।

उनले नै संविधान बनाए । अरु सबै त पुष्पकमल दाहालबाट चुनिएर आएर प्रधानमन्त्री बनेको पो हो । प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बनाउने पनि उही दाहाल नै हुन् । यस्ताको पछाडि कार्यकर्ता भएर लाग्नु नै बेकार हो । यता, बाबुराम भटराईलाई पनि मैले नै प्रधानमन्त्री बनाएको हो भन्न भ्याउँछन् । कहिले मेरो पार्टीले चुनावमा हारे राजा आउँछ भन्दै धम्क्याउँछन् ।

नेताहरु अधिकांशत् फटाहा छन् भनेर जनताले बुझिसकेका छन् । देशलाई यो हालतमा पु-याउने नेताहरु नै हुन भनिरहेका छन् । विदेशी ऋण, महँगी, बेरोजगारी बढाउने यिनै नेता हुन् । नेताहरु र व्यापारीहरु भ्रष्टाचार गरेर नेपालको पैसा विदेशमा लगेर राखेका छन् । जसको कारण यहाँको वित्तीय संस्थाहरुमा पैसाको निकै अभाव छ । बैङकफाइनान्ससँग पैसा नभएर कर्जा बन्द गरिएको छ । सहकारीहरुकाे अवस्था नाजूक छ । घरजग्गा सेयरको मूल्य दिन प्रति घट्दै छ ।

जनताहरु धमाधम डुब्दै छन् तर नेताहरु भोट माग्नमै व्यस्त । यिनीहरुकै कारण नेपाल तहसनहस भयो भनेर अब बुझ्नुपर्ने बेला आएको छ । पार्टीको कार्यकताभन्दा हाेइन् नेपाली भएर सोचौँ । हाम्रो देशको नेताहरु अरु देशको दलालभन्दा यो दुर्दशा देख्नुपरेको छ । भाेट दिने बेलामा गम्भीर बनाैँ, पटकपटक गल्ति नगराैँ ।

तपाईँको मत