नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आएको परिणामले नेकपा एमाले अत्तालियाे
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १४:३९:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा कांग्रेस र सत्तारुढ गठबन्धनको पक्षमा आएको प्रारम्भिक नजिताले नेकपा (एमाले) अत्तालिएको बताएको छ ।
सोमबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले आइतबार सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्ति दुरुपयोग गरी धाँधली गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
प्रवक्ता महतले एमालेको आरोपले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
'यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं,' कांग्रेसको विज्ञप्तिमा उल्लेख छ, 'प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाउँहरूमा तालमेल सम्भव भयो र अन्य ठाउँहरूमा मित्रवत प्रतिस्पर्धा भयो ।'
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस