नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आएको परिणामले नेकपा एमाले अत्तालियाे
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १४:३९:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा कांग्रेस र सत्तारुढ गठबन्धनको पक्षमा आएको प्रारम्भिक नजिताले नेकपा (एमाले) अत्तालिएको बताएको छ ।
सोमबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले आइतबार सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्ति दुरुपयोग गरी धाँधली गरेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
प्रवक्ता महतले एमालेको आरोपले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
'यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं,' कांग्रेसको विज्ञप्तिमा उल्लेख छ, 'प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाउँहरूमा तालमेल सम्भव भयो र अन्य ठाउँहरूमा मित्रवत प्रतिस्पर्धा भयो ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस