स्वास्थ्य

काेराेनाका २ संक्रमित थपिए, १६ जना निकाे

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका २ संक्रमितमात्रै थपिएका छन् । साे अवधिमा १६ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाकाे परीक्षण गर्दा साे संक्रमित बढेका हुन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

उसका अनुसार देशमा अब काेराेनाका सक्रिय संक्रमितकाे संख्या १५० रहेकाे छ ।

अहिलेसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ९५२ छ ।

गाउँ सहर संवाददाता