स्याङ्जा दुर्घटना अपडेटः मृतक १४ जनाकै सनाखत
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १५:५७:०० मा प्रकाशित
काठमाडौँ । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ । मृतक सबैजनाकाे सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर र जानुका कुँवर रहेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग २ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घट्नामा परि अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १३ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा उद्दार कार्य भइरहेको र घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस