केहि ठाउँमा झडप र हवाई फायर, स्थानीय निर्वाचन २०७९ (फाेटाे कथा)
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १०:०८:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि सुरु भएकाे छ । अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।
आज हुने निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
दोलखाको वैत्येश्वर गाउँपालिका-३ स्थित कालीढुंगा मावि मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । अहिले नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएर पुनः मतदान सुरु गर्ने तयारी थालिएको छ । वैत्येश्वर गाउँपालिकाका वडा नम्बर १ र २ मा पनि अवस्था तनावपूर्ण छ । यस्तै बाजुराको बुढीगङगा नगरपालिका-५ स्थित भानोदय मावि मतदान केन्द्रमा झडप भएर मतदान तत्काललाई स्थगित गरिएकाे छ ।
देशभरका तस्बिरहरूः








.jpg)









गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस