नयाँ वर्ष २०८० को उपलक्ष्यमा गाउँ सहरकाे शुभकामना !
- गाउँ सहर संवाददाता
- १ बैशाख शुक्रबार, २०८० | ०७:३५:०० मा प्रकाशित

काठमाडाैं । आज बैशाख १ गते विक्रम संवत् २०८० साल, सन् २०२३ को अप्रिल १४ तारिक शुक्रबार ।
आजदेखि नेपाली नयाँ वर्ष सुरु भएको छ । हरेक साल एउटा पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्दै गर्दा नयाँ योजना बनाउनुका साथै नयाँ सङ्कल्प गर्ने गरिन्छ । नयाँ वर्ष सुखद् रहोस् भन्दै शुभकामना दिने संस्कार पनि यसैकारण सुरु भएको हो । नेपाली समाजमा पनि नयाँ वर्षमा सन्देश दिने संस्कार संस्थागत भइसकेको छ । हरेक ३ सय ६५ दिनमा नयाँ वर्ष दोहोरिने क्रम एउटा निरन्तरता हो ।
मुलुकमा गठबन्धनकाे सरकार छ । मुलुकले धेरै राजनीतिक फेरबदल भाेगिसकेकाे छ अब भने विकास र समृद्धिमा नवीन पथ समातोस् । नयाँ वर्षको आगमनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास, दिगो शान्ति स्थापना कायम गरी नागरिकका सामान्य जनजीविकोर्पाजनका समस्याहरु सम्बोधन गर्दै हकहित र अधिकारको संस्थागत सरकारले नै गर्न जरुरी छ । तब मात्र नेपाली जनता सार्वभौमसत्ता सम्पन्न हुनेछन् । लोकतान्त्रिक आन्दोलनद्वारा स्थापित जनताका अधिकार स्थापित तब मात्र हुनेछन् ।
हरेक राजनीतिक दलले बुझ्न जरुरी छ कि वास्तवमै नेपाली नागरिकलाई शुभकामना कामको परिणामपछि मात्र प्राप्त हुनेछ । मुलुकलाई विकासको नयाँ मार्गमा हिँडाउन समयको जटिल गणनामा भोलिको नेपाल चाहिँ प्रगतिमय हुनेछ, पुराना गल्तीहरुबाट माथि उठ्ने प्रयास थालनी होस् । मुलुकलाई विकासको नयाँ मार्गमा हिडाउँन सरकार, प्रमुख राजनीतिक दल र तिनका शीर्ष नेतृत्वपंक्ति संवेदनशील हुनैपर्दछ ।
आशा गरौं विगतका कमीकमजोरी महसुस गर्दै यस वर्ष आमनागरिकलाई उत्साहित तुल्याउन दलहरु सक्षम हुनेछन् । विशेष गरी सरकारकै काँधमा मुख्य जिम्मेवारी छ । नयाँ वर्षको सुखद शुरुवातसँगै नयाँ नेपालको सुनौलो परिकल्पनाका खाकालाई कार्यान्वयनमा जोडिनेछ । क्यालेण्डर फेरिएसँगै विक्रम संम्वत २०८० वर्षका लागि जनअपेक्षा अलि बढी नै थपिएका छन् । लगानीको वातावरण बनोस्, युवाहरुमा रोजगारीको अवसरको ठूलै अपेक्षा छ । राजनीतिक संक्रमणकालको अन्त्यसँगै स्थानीयदेखि केन्द्रसम्म जनप्रतिनिधिले काम गर्न थालिसकेको अवस्थामा आम नागरिकबाट विकास तथा आथिक समृद्धिको अपेक्षा अस्वभाविक होइन । तर, ती जनअपेक्षा सम्बोधन गर्ने मुख्य जिम्मेवारी सरकार र राजनीतिक दलहरुको हो । त्यसका लागि सरकार, प्रतिपक्षी दलको सकारात्मक भूमिकामा नागरिकहरुको दबाबमुलक अभियान पनि जरुरी छ । यो नयाँ वर्ष सुखद् हुन्छ, सारयुक्त हुन्छ भन्ने आशासँगै नयाँ नेपालको सुनौलो परिकल्पनाका खाका कोर्न सकियोस् । आशा गरौँ नयाँ वर्षको सुरुवातसँगै नेपाली जनताको घरमा सुनौलो बिहानी छाउनेछ ।
अन्त्यमा प्रेसपनि राजनीतिक, सामाजिक, आर्थिक अभियानबाट टाढा रहने कुरै भएन । तसर्थ, गाउँ सहर डट कम पनि विकास अभियानको सारथिको रुपमा सत्य, तथ्य समाचार प्रकाशन गरेर सञ्चार जगतमा आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन । देशको मुख्य लक्ष्य नै आर्थिक समृद्धि भएकोले हामी पनि गाउँ सहरका विकास अभियानका समाचार सम्प्रेषण पहिलो प्राथमिकताका साथ पस्कने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । नयाँ वर्ष २०८० सालको पावन अवसरमा हामीलाई माया गर्नुहुने हाम्रा सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपालीहरुमा सुख शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । उत्तरोत्तर प्रगतिको शुभकामनासहित नयाँ वर्ष शुभ रहोस् ।
सम्पादक तथा गाउँ सहर सञ्चार परिवार
नयाँ बानेश्वर काठमाडाैं ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
प्रतिकृया दिनुहोस