गाउँ सहर

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बताएको छ । उसले बुधबार सूचना निकालेर सो कुरा बताएको हो ।

उसका अनुसार - अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परियचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

गाउँ सहर संवाददाता