कला

लघुकथा- झुटको पुलिन्दा

उ सबैको अघि महान र चर्चित हुने सदैब चाहना राख्दथे । तैपनि कुनै परिश्रम र कडा मेहनतबिना नै यसमा उ अर्थात् रोहन उसलाई सफलता पनि निकै मिल्दै नै आइरहेको थियो ।

दिन प्रतिदिन सफलताको उच्चाई चुलिन्दै पनि गैइरहेको थियो ।

उसको नाम चर्चित लेखक/साहित्यकारमा दर्ज नि हुन थाल्यो ।

वास्तवमा उ आफैं साधक जस्तो कुनै पनि कोणबाट लाग्दैनथे !

उनी अन्यको लेखहरु चोर्ने प्रेसहरु किन्ने गरेर चर्चामा रहन्थे ।

रोहनको एउटा सभाहलमा भब्य पुस्तक बिमोचन कार्यक्रमको आयोजना भो ! तामझाम पनि उस्तै निकै राम्रोसँग गरिएको छ ।

निमन्त्रणालाई स्विकार्दै विभिन्न मिडियाकर्मी देखि लिएर अन्य गन्यमन्य क्षेत्रका मानिसहरुको पनि बाक्लो भिड देखिन्थ्यो ।

विभिन्न व्यक्तित्वहरुले पुस्तकको बारेमा रोहनको लेखनको बारेमा खुब चर्चा परिचर्चा गरेर प्रशंसाको साथ मन्तव्य राखे ।

कार्यक्रमको अन्तिम अन्तिम अवस्थातिर आईपुग्दा भने त्यहाँ एउटा व्यक्ति बोल्यो - कृपया यहाँ हामीलाई केही बोल्ने छुट छ ?

उसको कुरा सुनेर सबैले दृष्टि गोचरगर्दै भन्यो- सान्दर्भिक छन् भने राख्नुहोस तपाईंको कुरा हामी सुन्न तयारी नै छौं अवश्य ।

उसले अनुमति पाएपछि झोलाबाट एउटा पुरानो पुस्तक र ल्यापटपमा केही देखाउँदै भन्यो - आज यहाँ जुन यो पुस्तकको बिमोचन भैइरहेको छ वास्तविक लेखक म हुँ ! हेर्नुस् सबैले नै मेरो हातको यो पुरानो पुस्तक र यो पुस्तकमा के फरक छ त ?

सबैले हेरे केही बाहिरी आवरण बाहेक सम्पूर्ण हुबहू नक्कल छ । सबैले जिब्रो टोक्दै पत्याए अनि भन्न थाले- यत्रो ठूलो धोका ! नाम कमाउने बहानामा दुख मेहनत नै नगरी झुटको पुलिन्दा !

फेरी त्यो वास्तविक लेखकले भन्यो - उ उहाँहरु हुनुहुन्छ नि कवि, गीतकार र खोज तथा अनुसन्धानकर्ताहरु हुनुहुन्छ, सबैको लेख, रचनाहरु कपि गरेर कति त प्रेसबाट नै गायब बनाएर अनेक जालझेल गरेर रोहन जि ! ले आफ्नो बनाउनु भएको छ, यसैले आज यो झुटको पुलिन्दालाई सबैमाझ सत्यतथ्य बताउने कोशिस मात्रै गरेको हौं । भन्दै चुप रह्यो ।

रोहनले कुनै प्रतिवाद गर्न सकेनन् किनभने झुटको पुलिन्दा सबै माझ प्रमाण सहित बाहिरी सकेको आवस्था भएकोले ।

उपस्थित सबैले यसपछि गालीगर्दै घृणाको नजरले हेर्दै राेहनलाई यो हर्कतको लागि मुद्दा चलाउन सयोगगर्दै प्रहरीको खोरसम्म पुर्यायो ।

तपाईँको मत