कवि तारा अधिकारीको काव्यकृति ‘म भित्रको म’ लोकार्पण
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | ११:५८:०० मा प्रकाशित
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि तारा अधिकारीको काव्यकृति म भित्रको म नेपाल प्रज्ञा प्रतिष्ठानका नि. वर्तमान उपकुलपति वरिष्ठ कवि डा. बिष्णु बिभु घिमिरेको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरियो ।
डा. शान्तिमाया गिरीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको औपचारिक कार्यक्रममा अमेरिककाको कोलोराडो शहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रह भित्र ४९ कविता समावेश छन् ।
कविता कृतिमाथि डा. रेणुका सोलु र ऋषभदेव घिमिरेले समिक्षात्मक धारणा राखेका थिए । कृति भित्र भूमिका समेत लेखेका प्राडा खगेन्द्र लुइँटेलले कृतिको संक्षिप्त टिप्पणी सहित शुभकामना राख्दै स्रष्टा अधिकारीलाई बधाई व्यक्त गरे । सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम बिश्वकर्माका शुभकामना पढेर सुनाइएका थिए ।
सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि ई. सन्तोष पोखरेख र कवि रुद्र अधिकारीले मभित्रको म कविता सङ्ग्रहाबाट रचना वाचन गरेका थिए । महेश पौडेलको सम्पादन रहेको कृतिको आवरण तथा वर्णविन्यास रमेश दाहालले गरेका थिए ।
लोकार्पण कार्यक्रमको संचालन कवि रञ्जना निरौला गरेकी थिइन्। समारोहमा साहित्यकार युवराज नयाँघरे, साहित्यकारहरु राधेश्याम लेकाली,गोविन्द गिरी प्रेरणा,नारायण होमगाईं कलकत्ता , उपमा आचार्य , दिपा राई, मधु पाठक, सुषमा आचार्य, आँचल शर्मा, गीता कार्की, दीक्षा भण्डारी, भवानी भट्ट, प्रगती राई, सुमन वर्षा, भूवन सिवाकोटीलगायतका साहित्य सर्जकहरुको बाक्लो उपस्थिति थियाे ।
प्रमुख अतिथि घिमिरेले वर्तमान समयले नयाँ कृति र नवीन विषयका कविताले नेपाली काव्य भण्डार चुलिएको छ भन्ने धारणा राखेको थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस