राजनीति

प्रधानमन्त्री देउवा पौडेलसहितका नेता कार्यकर्तालाई फकाउन चितवन जाँदै, सभा सकेर मात्रै फर्किने

काठमाडाैं । प्रधानमन्त्री देउवा आजै चितवन जाने भएका छन् । भोलि हुने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेको बताइए पनि कांग्रेसका तर्फबाट मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेलसहितका नेता कार्यकर्तालाई फकाउन त्यसतर्फ जान लागेको स्रोतले जानकारी दिएकाे छ ।

चितवन जिल्ला सभापति राजेश्वर खनालले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा दिउँसो ४ बजे चितवन पुग्ने कार्यक्रम रहेको बताएका छन् ।

असन्तुष्ट नेता तथा कार्यकर्तालाई भेट्ने तयारी स्वरुप प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

गाउँ सहर संवाददाता