गुप्तेश्वरमा फुड फेस्टिवल भव्यताका साथ सम्पन्न
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | १२:३७:०० मा प्रकाशित

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजना तथा क्याम्पसमा अध्ययनरत होटेल व्यवस्थापन चौथो सेमेस्टरका विद्यार्थीहरुको व्यवस्थापनमा क्याम्पस परिसरमा बृहत् फुड फेस्टिबल भएको छ । दुइ दिनसम्म सञ्चालित उक्तकार्यक्रम व्यवस्थापनका लागि क्याम्पस सञ्चालक समितिले क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको संयोजकत्वमा होटल व्यवस्थापनका सहजकर्ता जितेन्द्र थापा र होटल व्यवस्थापन इन्चार्ज आशिष पौडेल सदस्य रहने गरि सो कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।
कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, सञ्चालक समितिका अध्यक्षप्रा. डा. टंकराज अधिकारी र क्याम्पसको प्रमुखदातृृ संस्थातथा सो कार्यक्रमको मुख्य प्रायोजक गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले संयुक्त रूपमाअध्यक्षता ग्रहण गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले आगन्तुक सबैलाई शब्द वाणीद्वारा स्वागत गरे भने स्नातकतह बीएड र बीबीएस् प्रथम वर्षमा अध्ययनरत छात्राहरूले स्वागत गान प्रस्तुत गरेका थिए ।
बीएचएम तथा बीआइएमका विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तयार गरेका वातावरणमैत्री भोजनको स्वाद लिई कार्यक्रमका प्रमुख अतिथिद्वयबाट संयुक्त रूपमा उद्घाटन गरिएको सो कार्यक्रममा विद्यार्थीहरूले तयार गरेका विभिन्न परिकारका पाँच वटा फुट स्टलहरू प्रदर्शन गरिएका थिए। क्याम्पसका अध्यापकद्वय लालमणि पोख्रेल र मोहन भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा सातवटा प्रतियोगी नृत्यहरू प्रस्तुत भएका थिए ।
कार्यक्रममा मूख्य प्रायोजक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्षएवं क्याम्पस सञ्चालक समितिका सदस्य विष्णुप्रसाद पौडेल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राम सुवेदीले शुभकामना मन्तव्य दिएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अधिकारीले गण्डकीप्रदेशमै यस्तो खालको कार्यक्रम पब्लिक क्याम्पसमा पहिलोपल्ट भएको र यस्तो खालको कार्यक्रमले विद्यार्थीलाई पढाइका अतिरिक्त आफूले आर्जेको ज्ञानलाई व्यवहारमा ल्याउन सघाउ पु¥याउने कुरा बताए ।
कार्यक्रममा भएको अक्षरयात्रामा पोखराका बरिष्ट गजलकार प्रकट पगेनी शिव, दिपक समिपि, कवि अमृत, सुरज उपाध्याय, रोशन तिमिल्सिना, लालमणी पोख्रेल लगायतका दुइ दर्जन साहित्यकारहरुले तत्स्थानिय रचना वाचन गरे । सो कार्यक्रममा रङ्गमञ्च व्याण्डको कन्सर्ट प्रस्तुति रहेको थियो । संघिय सांसद विद्या भट्राई र गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले अवलोकन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस