गठबन्धन बैठकको निर्णय : बागी उम्मेदवारी फिर्ता नगरे पार्टीबाट कारबाही गरिने (विज्ञप्तिसहित)
- गाउँ सहर संवाददाता
- १६ बैशाख शुक्रबार, २०७९ | १२:३१:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक सम्पन्न भएको छ । बैठकले तीनबटा निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिएका छन् । पाँचदलीय सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उमेदवारी फिर्ता लिने पनि निर्णय गरिएको परियारले जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धीत पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।
आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ । सत्तागठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि उनीहरूले गरेका छन् ।
चितवनलगायत ठाउँमा सत्तागठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेको छ । यसअघि पनि सत्तागठबन्धनका शीर्ष नेताले आधिकारिक उम्मेदवारबाहेकका स्वतन्त्र (बागी) उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
यसैबीच नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने, बागीका प्रस्तावक र समर्थकलाई पार्टीबाट कारबाही गर्ने चेतावनी दिएको छ । बागी उम्मेदवारी फिर्ता नगरे पार्टीबाट स्वत: साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने कांग्रेसको चेतावनी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस