गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ जारी
- गाउँ सहर संवाददाता
- १६ बैशाख शुक्रबार, २०७९ | १२:१६:०० मा प्रकाशित

काठमाडाैं । गभर्नर अधिकारीले दायर गरेको रिटमाथि शुक्रबार सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा अधिकारीको रिटमाथि पुनः सुनुवाइ सुरु भएको हो ।
सरकारले छानबिनका लागि समिति गठन गरेसँगै निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वैशाख ५ गते सर्वोच्च अदालतमा समिति खारेजीसहित अन्तरिम आदेशको मागदाबी गर्दै रिट दायर गरेका थिए । उक्त रिट वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पर्दा उनले वैशाख १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश पाएका थिए । त्यसपछि नियमित कामकाजमा फर्किएका अधिकारीको रिटमाथि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय गर्न वैशाख १३ गतेका लागि पेशी तोकिएको थियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको इजलासमा परेको उक्त रिटमाथिको सुनुवाइ वैशाख १३ मा नसकिएपछि वैशाख १५ गते बिहीबारका लाग हेर्दाहेर्दैमा राखिएको थियो । तर वैशाख १५ गते पनि उक्त रिटमाथिको सुनुवाइ नसकिएपछि उक्त रिट आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिटमाथि शुक्रबार साँढे ११ बजेबाट पुनः सुनुवाइ सुरु भएको छ । सम्भवतः आजै अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आदेश जारी गर्नेछ ।
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता दिएको अवस्थामा गभर्नर अधिकारी उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न पाउनेछन् भने सरकारले थप छानबिन गर्न पाउने छैन । तर अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएको अवस्थामा भने उनी निलम्बनमा पर्नेछन् र राष्ट्र बैंकको नियमित कामकाज गर्न पाउने छैनन् । छानबिन समितिले अन्तिम प्रतिवेदन दिई कारवाही लागि सिफारिस भई उनीमाथि कारवाही भएमा उनी पदमुक्त हुनेछन् । छानबिन समितिले कारवाही गर्नु नपर्ने प्रतिवेदन दिएको अवस्थामा उनले नियमित कामकाज गर्न पाउनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस