कुम्मायक गाउँपालिकामा राप्रपाको पक्षमा जनसमर्थनको नयाँ लहर सिर्जना
- गाउँ सहर संवाददाता
- १६ बैशाख शुक्रबार, २०७९ | ११:५८:०० मा प्रकाशित

पाँचथर । कुम्मायक गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा लहर देखिएको छ ।
राप्रपाले लोकप्रिय उम्मेद्वारहरु खडा गरेसँगै जनसमर्थनको नयाँ लहर सिर्जना भएको हो ।
राप्रपाले कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कर्मठ, जुझारु युवाहरु प्रस्तुत गरेको छ । जनताका सेवा सुविधाका लागि अनवरत खट्ने अध्यक्ष पदका प्रत्यासी मदन चाम्लिङ स्थानीय तहमा लोकप्रिय छन् । बी एड अध्ययन गरेकी समाजसेवी रोशिना बोहोरा, उपाध्यक्ष पदका बलियो दावेदारका रुपमा स्थापित छन् ।
कुम्मायक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा राप्रपाले मात्र युवा उम्मेद्वार दिएको छ । यसकारण पनि चाम्लिङ र बोहोराको पक्षमा स्वतःस्फूर्त समर्थन व्यापक भएको छ ।
कुम्मायक–१ वडा अध्यक्षमा शालीन व्यक्तित्वका धनी जगतजंग लावतीको संभावना बलियो देखिएको छ । वडा अध्यक्ष पदका प्रत्यासी पूर्व डिएसपी लावती, पापोहाङ लावती सयङका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनले यासोक क्षेत्रमा खानेपानीको आपूर्ति लगायत विकास निर्माणमा सशक्त योगदान पुर्याएका छन ।
कुम्मायक–२ वडा अध्यक्ष पदका उम्मेद्वार विक्रम लावती र कुम्मायक–३ वडा अध्यक्ष पदका उम्मेद्वार सुरेन्द्र सम्वाहाम्फेलाई दलगत परिधिभन्दा माथि उठेर मतदाताको समर्थन प्राप्त भएको छ । राप्रपाको पक्षमा यसै किसीमको नयाँ जनलहर निर्माण भएको छ । कुम्मायक–४ वडा अध्यक्ष पदका प्रत्यासी हस्तराज सम्वाहाम्फेको पक्षमा समेत समर्थन व्यापक बनेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस