प्रधानमन्त्री देउवाकाे आग्रह : बागी उम्मेदवारी फिर्ता लिनुस् (बक्तब्यसहित)
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ११:३३:०० मा प्रकाशित

काठमाडाै । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन भन्दा बाहिर रहेर पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उम्मेदवारी फिर्ताको समय एक दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री देउवाले आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्तालाई त्यस्तो आग्रह गरेका हुन् ।उनले विहिवार बक्तब्य नै जारी गरेर त्यस्तो आग्रह गरेका छन् ।
देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन निर्माण भएको पनि वक्तब्यमार्फत जनाइएकाे छ ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री देउवाले त्याग, एकता र समर्पण भावका साथ अगाडी बढन् नेता कार्यकर्तालाई अपिल पनि गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस