आङ सान सुकी भ्रष्टाचार काण्डमा दोषी ठहर
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:४०:०० मा प्रकाशित

एजेन्सी । सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ । उनीविरुद्ध चलिरहेका श्रङ्खलावद्ध मुद्वाको यो एउटा पछिल्लो निर्णय हो ।
सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई अपदस्थ गरेयता उनलाई नजरबन्द बनाइएको छ ।
शान्तिका लागि नोवेल पुरस्कार विजयी ७६ वर्षीया सुकीविरुद्ध चुनाव धाँधली लगायत थुप्रै आपराधिक कार्यको अभियोग लगाइएको छ । उनले आफुविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएकी छन् । मानव अधिकारवादी समूहहरुले अदालतमा उनीविरुद्ध चलाइँदै गरेका मुद्दा जालसाजी भन्दै आलोचना गरेका छन् ।
राजधानी नेपितस्थित अदालतमा गोप्य रुपमा भएको मुद्धा सुनवाईमा सर्वसाधारण र संचार माध्यमलाई प्रवेश निषेध गरिएको थियो । साथै सुकीका वकिलहरुलाई पनि पत्रकारहरुसँग बोल्न मनाही गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस