गाउँ सहर

जुवातास खेलिरहेका ९ जना पक्राउ,१ लाख २४ हजार नगद बरामद

काठमाडाैं । प्रहरीले तास खेलिरहेका ९ जनालाइ पक्राउ गरेकाे छ । पोखरा महानगरपालिका २ अर्चलबोट डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका १ घर भएका ५० वर्षीय राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पुनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ, ४ बुक तास र १ थान तन्ना सहित फेला पारी पक्राउ गरेको जानकारी दिएकाे छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता