गाउँ सहर

जापानकी ११९ वर्षीया तानाकाको निधन

एजेन्सी । संसारकै सबैभन्दा बढी उमेरकी महिलाकाे निधन भएकाे छ । 

११९ वर्षकी काने तानाकाको वैशाख ६ गते निधन भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उनी सन् १९०३ जनवरी २ मा जन्मिएकी थिइन् ।

गिनिज वर्ल्ड रेकर्डले तानाकाको निधनले स्तब्ध भएको जनाएको छ। सन् २०१९ जनवरीमा गिनिज बुकले तानाकालाई संसारकी सबैभन्दा बढी उमेर भएकी जिवित मान्छेका रूपमा रेकर्ड राखेको थियो । उनी संसारमा सबैभन्दा बढी समय बाँच्ने दोस्रो व्यक्ति हुन् । उनीभन्दा अघि जिन काल्मेन्ट मात्रै छन् । उनी १२२ वर्ष बाँचेर सन् १९९७ मा बितेकी थिइन् ।

गाउँ सहर संवाददाता