नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या २६१ पुग्याे, निको हुनेदर ९८.८ प्रतिशत
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १५:५४:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८ जना र एन्टिजन परिक्षण गर्दा २ जना गरि जम्मा १० जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२६ जनाले कोरोना परिक्षण गरेका थिए भने ८६ हजार १३६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६१ जना रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस