१९४ क्यु.फिट.सखुवा जातको काठ र ट्याक्टर प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १२:४०:०० मा प्रकाशित

झापा । प्रहरीले १९४ क्यु.फिट.सखुवा जातको काठ र ट्याक्टर प्रहरी नियन्त्रणमा लिएकाे छ । शुक्र्बार राती २ बजे जि.प्र.का.झापा र प्रचौ बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उक्त परिणामकाे बस्तु नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीका अनुसार झापा मेचिनगर न.पा.वडा नं.२ आमडागीमा ऐ.८ बस्ने प्रदिप गिरीले संचालन गरेको ए फर्निचर उद्योगमा मे १ त २६६७ नं.को ट्रयाक्टरमा लोड गरी राखेको र अनलोड गरी राखेको सखुवा जातको गोलिया गरी जम्मा १९४ क्यु फिट फेला पारेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त काठ र ट्रयाक्टर ९:३० बजे आवस्यक कार्बाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी बुझाईएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्याकटर चालक फरार रहेकाेले खाेजी कार्य भइरहेकाे प्रहरीले बताएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस