१९४ क्यु.फिट.सखुवा जातको काठ र ट्याक्टर प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १२:४०:०० मा प्रकाशित
झापा । प्रहरीले १९४ क्यु.फिट.सखुवा जातको काठ र ट्याक्टर प्रहरी नियन्त्रणमा लिएकाे छ । शुक्र्बार राती २ बजे जि.प्र.का.झापा र प्रचौ बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उक्त परिणामकाे बस्तु नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीका अनुसार झापा मेचिनगर न.पा.वडा नं.२ आमडागीमा ऐ.८ बस्ने प्रदिप गिरीले संचालन गरेको ए फर्निचर उद्योगमा मे १ त २६६७ नं.को ट्रयाक्टरमा लोड गरी राखेको र अनलोड गरी राखेको सखुवा जातको गोलिया गरी जम्मा १९४ क्यु फिट फेला पारेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त काठ र ट्रयाक्टर ९:३० बजे आवस्यक कार्बाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी बुझाईएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्याकटर चालक फरार रहेकाेले खाेजी कार्य भइरहेकाे प्रहरीले बताएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस