स्वास्थ्य

भारतमा एकैदिन २,४८३ नयाँ संक्रमित भेटिए

काठमाडाैं । भारतमा मंगलबार कोरोना संक्रमितको संख्यामा साधारण कमी देखिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २ हजार ४८३ नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । यस्तै यसको एकदिन अघि यो आँकडा साढे दुई हजार पार थियो ।

कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ बिरामीको आँकडा पनि कम भएको छ । भारतमा हाल कोरोनाका १५,६३६ सक्रिय संक्रमित छन् ।

पछिल्लो एक दिनमा १ हजार ९७० कोरोना संक्रमित स्वस्थ भएका छन् । दैनिक संक्रमण दर पनि घटेर ०.५५ प्रतिशतमा आएको छ ।

गाउँ सहर संवाददाता