कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | १३:०९:०० मा प्रकाशित

काठमाडाैं । नेपाली काँग्रेसले स्थानीय तहका उम्मेदवार तय गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गर्नुभएको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बस्दैछ । आाजको बैठकले स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो लगाउने बताइएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ । सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयनको विषयमा बैठक केन्द्रित रहने जनाइएको छ । बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ । यसैबीच नेपाली काँग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन् ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख २ गतेको बैठकको निर्णयअनुसार केन्द्रीय सदस्यहरूलाई मनोनयन गरिएका संयोजकहरूमा मनोनीत गरेका हुन् ।मनोनीत संयोजकहरूमा भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा मीनबहादुर विश्वकर्मा, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिमा प्रदीप पौडेल, अनुगमन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिमा मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा उदयशमशेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा जितजङ्ग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा रामहरि खतिवडा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस