वाणिज्य बैंकहरूको नाफा स्थिर, विकास बैंकहरूकाे वृद्धि
- गाउँ सहर संवाददाता
- ९ बैशाख शुक्रबार, २०७९ | ०९:०५:०० मा प्रकाशित

काठमाडाैँ । कोरोनाको असरले बैंक तथा वित्तीय संस्थालाई मज्जाले छोएको छ । कोरोना कहरपछिको असहजताले ब्याज खर्च बढेको तथा स्प्रेडदरमा दबाब पर्दै गएर कम भएका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफामा वृद्धि स्थिर देखिएको छ । तर यसैबीच विकास बैंकहरूकाे अवस्थामा भने सुधार देखिएकाे छ ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकहरूको नाफा पनि घटेको छ । नाफा घटेका कारण २७ वटा वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० अर्ब ८९ करोड कमाएका छन् भने गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० अर्ब ५९ करोड नाफा कमाएका थिए ।
यसरी सबै वाणिज्य बैंकको तेस्रो त्रैमाससम्मको कुल नाफा गत आवको तेस्रो त्रैमाससम्मको भन्दा आधा प्रतिशतले मात्रै बढी हो ।
चैत मसान्तको वित्तीय विवरणअनुसार १५ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् भने १७ बैंकको घटेको छ । तेस्रो त्रैेमासमा तीन अर्ब ७२ करोड नाफासहित बढी नाफा गर्नेमा ग्लोबल आईएमई बैंक परेको छ भने सबैभन्दा धेरै नाफा घट्नेमा राष्ट्रिय वाणिज्य बैंक परेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा ६६ करोडले घटेको छ ।
तर, बैंकहरूको खुद ब्याज आम्दानी १३ अर्ब बढेको छ । बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप पनि बढेको छ । जसका कारण खुद ब्याज आम्दानी बढेको हो । अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूको वितरणयोग्य नाफा २७ अर्ब छ । यसैगरी, बैंकहरूको सम्पत्तिमाथिको प्रतिफल (आरओई) पनि गत चैतमसान्तको तुलनामा घट्दै गएको देखिन्छ । साथै, नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको भए तापनि अधिकांश बैंकहरूको खुद तरल सम्पत्ति पनि सीमाभन्दा तल झरेको छ ।
तर विषम अवस्था भएपनि चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका विकास बैंकले भने आफ्नो नाफामा ९.६८ प्रतिशतले वृद्धि गरेका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका जम्मा आठ विकास बैंकको नाफा चार अर्ब ५० करोड रहेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९.६८ प्रतिशतले नाफा बढेर चार अर्ब ९४ करोड पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस