वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति (विज्ञप्तिसहित)
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | ११:०३:०० मा प्रकाशित

काठमाडाैं । वीरगंज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ ।
दुवै पार्टीले त्यहाँ गठबन्धन गरेर अघि बढ्ने सहमति जुटाएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहका अनुसार वीरगञ्ज महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा लोसपाले संयुक्त रुपमा उम्मेदवार उठाउने भएका हुन् ।
३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।
एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउ बाँकी छ ।
सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस