सांग्रिला विकास बैंकले चैत मसान्तसम्ममा ४० करोड ६ लाख रुपैयाँ नाफा कमायाे
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | २०:२९:०० मा प्रकाशित

काठमाडाैँ । सांग्रिला विकास बैंकले चैत मसान्तसम्ममा ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ३५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियाे ।
वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्ममा ४० अर्ब ८३ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३३ अर्ब ४ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यसैगरी, सो अवधिमा बैंकले ४५ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ४१ अर्ब ७९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकसँग अहिले वितरणयोग्य नाफा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको ११.७२ प्रतिशतबाट बढेर १२.७९ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा भने घटेको छ ।
गत वर्ष १.८९ प्रतिशत खराब कर्जा रहेकोमा यो वर्ष १.२० प्रतिशत रहेको छ । साथै, बैंकको सिडी रेसियो ८४.४० प्रतिशत, बेसरेट १०.६२ प्रतिशत र ब्याजदर ४.४२ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस