हेलम्बुका बाढी-पहिरो पीडितलाई आवास
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | ०७:१४:०० मा प्रकाशित
काठमाडौं । हिमालयन फाउन्डेसन कर्प न्युयोर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई आवास उपलब्ध गराएको छ ।
फाउन्डेसनले हेलम्बुको सिन्धुपाल्चोकमा अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमूलका विधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पहिलो घर हस्तान्तरण गरेको हो ।
कार्यक्रममा डा. भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ, शस्त्र प्रहरीका पूर्वआईजीपी शैलेन्द्रकुमार श्रेष्ठ, पूर्वडीआईजी केबी ब्रम्हचार्य, वरिष्ठ फिल्म निर्देशक नारायण पुरी, वरिष्ठ सञ्चारकर्मी भुषण दाहाल, प्रोफेसर प्रकाश खड्गी, लायन्स क्लबका पूर्वअध्यक्ष दिकेन्द्र मास्कलेलगायतले संयुक्त रूपमा बाढीपीडित रामबहादुर भारतीलाई नवनिर्मित घरको चाबी सुम्पिएका थिए ।
गत असार र साउनमा आएको भीषण बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा जनधनमा ठूलो क्षति पुर्याएको थियो ।
फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठले गत कार्तिक २४ गते हेलम्बु गाउँपालिकासँग बाढीपीडितका लागि आफ्नो फाउन्डेसनमार्फत १० वटा घर निर्माण गरिदिने सम्झौता गरेका थिए । सोही बमोजिम घरहरू बन्दै गरेको र हाल नेपाल आएको अवसरमा बस्नका लागि तयार भएको एउटा घर हस्तान्तरण गरिएको उनले बताए ।
‘आफू जन्मेर हुर्किएको ठाउँमा विपत्ति परेको मैले हेरेर बस्न सकिनँ,’ श्रेष्ठले भने, ‘आफ्नो तर्फबाट जति सकिन्छ, सहयोग गरौँ भनेर पीडितका लागि घर निर्माण थालेका हौँ। बाँकी घरहरू छिट्टै पूरा हुनेछन् ।
घर हस्तान्तरण कार्यक्रममा पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, हिमालयन फाउन्डेसन नेपालका अध्यक्ष फत्तबहादुर गुरुङ, सदस्य सोम लामा, पूर्वप्रधानमन्त्री केपी ओलीकी स्वकीय सचिव मिना श्रेष्ठ, राष्ट्रिय खेलकुद समितिका पूर्वसदस्य नम्बरी शेर्पा, समाजसेवीहरू पूर्ण शेर्पा, पद्म श्रेष्ठ, देवेन्द्रमान श्रेष्ठलगायत हेलम्बु पुगेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस