अर्थतन्त्र

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ ।    

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको महासंघले बताएको छ ।   

गाउँ सहर संवाददाता