अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १०:५९:०० मा प्रकाशित

एजेन्सी । देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ ।
‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौं भने मलाई थाहा छैन के हुन्छ’, डा.ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका डा। ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् । ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने ।
‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन’, उनी भन्छन् । औषधिको आपूर्ति नभए त्यसले गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘यति त्यस्तो अवस्था आयो भने हामीले बिरामीको ज्यान जोगाउन सक्नेछैनौँ ।
श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । श्रीलंकाले करिब ८५ प्रतिशत चिकित्सा आपूर्ति आयात गर्दछ । तर, विदेशी मुद्रा सञ्चिति न्यून रहेकाले अत्यावश्यक औषधिहरू अहिले पाउन कठिन छ ।
एनेस्थेटिक्समा प्रयोग गरिने एट्राकुरियम दुई महिनाको मात्र स्टक बाँकी छ । अन्य औषधिको आपूर्ति पनि कमी भइरहेको पेनकिलर फेन्टानिलको स्कट अव दुई हप्तामा सकिँदै छ । विभिन्न तीन प्रकारका एन्टिबायोटिकहरूको स्टक पहिल्यै सकिएको छ । प्रतिस्थापन गरेर अभाव व्यवस्थापन गरेको डा. विजेसुरिया बताउँछन् ।
फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।
चिकित्सकहरूले बारम्बार समस्या देखाए पनि सुरुमा श्रीलंकाको सरकारले एक विज्ञप्ति निकालेर नै औषधिहरू सकिएको अस्वीकार गर्यो । एक दिनपछि सरकारी सूचना विभागले त्यसलाई सच्याउँदै केही औषधि र उपकरणको अभाव भएको स्वीकार गरेको थियो ।
बीबीसीका अनुसार देशभरका अस्पतालहरूलाई जीवन बचाउने औषधि र उपकरणहरूको आवश्यकता छ । आपूर्तिको कमीले उनीहरूलाई गैर–अत्यावश्यक कार्यहरू स्थगित गर्न र केही उपकरणहरू पुनः प्रयोग गर्न बाध्य पारेको मेडिकल कर्मचारीहरूले गुनासो गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस