कांग्रेसले गर्यो विराटनगरको मेयरमा डिला संग्रौलासहित ७ जनाको नाम सिफारिस
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १०:५१:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सातजनाको नाम सिफारिस गरिएको छ । कांग्रेस महानगर समितिले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ७ जनाको नामसहितको सूची केन्द्रमा सिफारिस गरेको हो । जसमा अहिलेको वर्तमान मेयरदेखि सांसदसम्म नाम मेयरमा सिफारिस गरेको हो ।
काग्रेसले महानगरपालिकाको मेयरको नामावली महानगर समितिले पठाउँने तर टिकट भने केन्द्रले दिने व्यवस्था गरेको छ ।
मेयरमा सिफारिस भएका नामहरुमा ,नगरसभापति दीपक चापागाईं, उपमेयर इन्दिरा कार्की, सांसद डीला संग्रौला, अमृत अर्याल, वर्तमान मेयर भीम पराजुली, नागेश कोइराला र गोपाल रेग्मीको नाम छ ।
जसमा कोइराला, कार्की र चापागाई शेखर कोइराला पक्षधर हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन पक्षनिकट हुन् ।
पार्टीका नगर सभापति दीपक चापागाईंले उपमेयरमा १२ जनाको नाम सिफारिस भएको जानकारी दिएका छन् ।
उनका अनुसार उपमेयरका लागि प्रमिला गच्छदार, झुमा गौतम, निरज कोइराला, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस