तोकिएकै समयमा निर्वाचन हुन्छ, कुनै पनि हालतमा सर्दैन : आयुक्त भण्डारी
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | १५:२५:०० मा प्रकाशित

काठमाडाैं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यमहरूलाई आग्रह गरे ।
जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर ल्याएको संविधानमा पनि एकपटक फर्केर हेर्नुपर्ने उनले बताए । उनले आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नसर्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचनको यत्रो माहोल तयार गरिरहँदा निर्वाचन आयोग, तपाईं हामी सबै निर्वाचन भनेको समयमा हुनुपर्दछ भनिरहँदा अहिले कहीँकतै निर्वाचनप्रति संशय हुने खालका अभिव्यक्तिहरू पनि आएकोप्रति भने आयोग स्वाभाविक रूपले गम्भीर छ । म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने–निर्वाचनको मिति तय गर्नुभन्दा पहिले धेरै विषयमा बहस र छलफल भएकै थिए । वैशाख ३० गते अथवा जेठ ५ गते अगावै निर्वाचन हुनुपर्छ भनेर आयोगले भनिरहँदा संविधान र कानुनका विषयमा केही प्रसंगहरू चलेकै हुन्। त्यसलाई निर्वाचन मिति तोक्ने विषयमा भनेको एउटा तर्कको रूपमा हामीले स्वीकार गरेका पनि छौं। तर अब निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय भइसकेको र त्यसलाई सामाजिक सारथीको रूपमा रहेर जुन भूमिका निर्वाह गरिराखेको छ ।’
उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचार संहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उलंघन नगर्न पनि अनुरोध गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस