यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १४:२०:०० मा प्रकाशित

काठमाडाैं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।
निर्णयहरू
१) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियत सहायता ऋण सहायता स्वीकार गर्ने ।
२) संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलिनियम (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने ।
३) फुट कोट कर्णाली अर्ध–जलशाययुक्त जलविद्युत आयोजनाका लागि कालिकोट जिल्लाको सन्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।
४) सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने ।
५) मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल गाउँपालिकाको प्रशासकीय भवनलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्ने स्वीकृत दिने ।
६) कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने ।
७) राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष राम आधार कापरको राजीनामा स्वीकृत गर्ने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस