वातावरण

बैशाख ०१ गतेकाे माैसमः यी स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा

काठमाडाैँ । आज २०७९ साल बैशाख १ गते । जल तथा माैसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू भागको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत