श्रोत नखुलेको भारतीय नाेटसहित चार जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १४:०९:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले कालाे धनसहित चार जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले श्रोत नखुलेको भारतीय नोटसहित मोरङमा चार जना पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय रहेका छन् । गत चैत २८ गते साँझ साढे ४ बजे विराटनगर महानगरपालिका वडा नं. १५ स्थित सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई श्रोत नखुलेको भारतीय तीन लाख आठ हजार पाँच सय नगद सहित नियन्त्रण लिएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसा पक्राउ पर्नेमा भारत बिहारका ३७ वर्षीय अभिनास मुखिया र २९ वर्षीय विष्णुदेव मुखिया रहेका छन् ।
त्यस्तै सुनसरी वर्जु गाउँपालिका बस्ने ३८ वर्षीय को सुरज ऋषिदेव र ३८ वर्षीय शिवकुमारी ऋषिदेवलाई पनि प्रहरीले पक्राउ गरेको हाे । श्रेष्ठका अनुसार उनीहरूलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस