चैत महिनामा मात्रै १ हजारभन्दा बढी कम्पनी कालाेसूचीमा (नामसहित)
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १३:१७:०० मा प्रकाशित

काठमाडाैं । चैत्रकाे एक महिनामा १ हजारभन्दा बढी कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको चैत्र महिनाको २९ गतेसम्ममा १३७३ कम्पनीहरु कालोसूचीमा परेका हुन् ।
कालोसुचीमा पर्ने कम्पनीहरुमा हाउजिङ कम्पनी, ट्राभल एण्ड होटलदेखि सहकारीसम्म रहेका छन् । यस महिनामा शंखरमाली निर्माण सेवा प्रालि, फुटमार्क शुज उद्योग, न्यु मोर्डन काष्ठ फर्निचर उद्योग, डिडि कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि रहेका छन् ।
यस अवधिमा बाम्ती भण्डार निर्माण सेवा प्रालि, चुन्यदेवी बालुवा प्रसिद्ध उद्योग, ग्लोबल निर्माण सेवा प्रालि, नेपाल आर्या विजोश टेड्रिङ हाउस, मनास्लु बेभरेज प्रालि, कालिमाटी हाउजिङ कम्पनी प्राइभेट लिमिटेड, न्यु शिव फिक्स इँटा उद्योग कालोसूचीमा परेका हुन् ।
त्यसैगरी कालोसुचीमा परेका कम्पनीहरुमा मल्ल ब्रदर्स सन्स प्रालि, भिल्लाजियो होटल प्रालि, एलपीजि एक्सप्रेस इन्टरनेशनल प्रालि, बालाजु पोलिट्री इक्युपमेन्ट सप्लायर्स, श्री सिद्धकाली मल्टी ट्रेडर्स प्रालि, फुलासी सव रेमिट सेवा, गोल्डेन पब्लिकेशन नेटवर्क प्रालि, एबीपी क्राइम मिडिया हाउस रहेका छन् ।
तथ्याङक अनुसार सोही अवधिमा आइकन एक्सपोर्ट इम्पोर्ट एण्ड सप्लायर्स प्रालि, केयस एण्ड क्युयर मल्टी स्पेसालिटी हस्पिटल प्रालि, सिद्धिविनायक फिड इन्डष्ट्रिज प्रालि, एसडिजी ग्लोबल इम्पोर्ट प्रालि र मैना पोखरी कन्ट्रक्शन प्रालि कम्पनीहरु पनि परेका छन् ।
यसअवधिमा टेलिपोर्ट एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, मिलिनियम ग्लोबल एग्रिगेड प्रालि, पुर्वाञ्चल कृषि फार्म एण्ड रिसर्च सेन्टर, गाउँमुखी फिड इन्डष्ट्रिज एण्ड ट्रेड लिंक प्रालि, त्रिवेणी ब्युल्डर्स प्रालि, नाइस कृषि तथा जडिबुटी प्रालि, माता कालिञ्चोक इन्टरप्राइजेज, राइजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सी, प्रसिद्ध समृद्धि इन्भेष्टमेन्ट एण्ड ब्युल्डर्स प्रालि कालोसूचीमा परेका हुन् ।
प्लाटिनम पब्लिकेसन प्रालि, भिरकोट कालिका हस्पिटल प्रालि, मनास्लु वेभरेज, एक्सपोर्ट इन्टेरियर एण्ड कन्ट्रक्सन, न्यु ग्रिनभ्यु होटल एण्ड लज रेष्टुरेन्ट, रामशरण हस्तकला ह्यान्डीक्राफ्ट, कमलदह बालुवा प्रशोधन उद्योग, धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, जय चामुण्डा उद्योग तथा निर्माण प्रालि, इनर्जी बैंक सिस्टम प्रालि आदि कालोसूचीमा परेको तथ्याङकमा उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस