सरकारसँग कति पैसा छ ?
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | २१:०४:०० मा प्रकाशित

काठमाडाैँ । सरकारसँग कति पैसा माैज्दात छ ? याे सबैकाे चासाेकाे कुरा हाे ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग, बालुवाटार, काठमाडौँद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको तथ्याङ्कमा आधारित) अनुसार सरकारका विभिन्न खातामा रु.३३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।
नगद मौज्दात
२०७८ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु.२०० अर्ब १८ करोड रहेको थियो ।
प्रदेश सरकार
समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१०९ अर्ब २४ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.७७ अर्ब ९९ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.३१ अर्ब २४ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु.६३ अर्ब ७९ करोड रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस