स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जना निकाे

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा २ हजार ८६६  पीसीआर तथा १ हजार २१२  एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता