अध्यक्ष ओलीद्वारा हलेसी मन्दिरलाई चार लाख भेटी
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १५:२३:०० मा प्रकाशित

खोटाङ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाएका छन् । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई रु दुई-दुई लाख दान गर्ने घोषणा गरेका थिए ।
अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवम् खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गरेका छन् । एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाएको रकम हस्तान्तरण गरेको हो ।
ओलीले पठाएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गरेका छन् । भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।
पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गरेका अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्त्वका बारेमा चर्चा गरेका थिए । प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गम स्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस