निराशा यात्रामा शेयरबजार, नेप्से २४१९ अंकमा झर्यो
- गाउँ सहर संवाददाता
- २८ चैत सोमबार, २०७८ | १५:३०:०० मा प्रकाशित
काठमाडौं । बजार मापन गर्ने सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.६४ अंकले घटेर परिसूचक २४१९.७१ बिन्दुमा रोकिएको छ ।
साताको कारोबारको दोस्रो दिन आज सोमबार नेप्से दोहोरो अंकले घटेको हाे ।
यसदिन २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।
काराेबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ ।
यस्तै इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट लागेको छ । जसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस