राजनीति

पाँच दलीय गठबन्धनको बैठक भाेली पनि बस्ने

काठमाडाैं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ । गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार बिहान ९ बजे बस्ने जनाइएको छ ।  

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वको समितिको बैठक आइतबार बसेको थियो।

बैठकबाट गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ ।

बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

भोलि नै थठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने पनि जनाइएको छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत