खेल

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज आइतबार दुई खेल हुँदैछ । शीर्षस्थानको कोलकत्ता नाइट राइडर्सले आज दिल्ली क्यापीटल्ससँग खेल्ने छ । भने दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने छ ।

कलकत्ताले दिल्लीसँग मुम्बईस्थित ब्राबोरने रंगशालामा दिउँसो ३.४५ मा खेल्ने छन् । कलकत्ता आफ्नो ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली भने ३ खेलमा १ मात्र जित निकाल्दा २ अंकका साथ सातौँ स्थानमा छ ।

दोस्रो खेलमा मुम्बईको वनखाडे स्टेडियममा साँझ ७.४५ बजे राजस्थान र लखनउ भिड्ने छन् । नवप्रवेशी टिम लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ ।

यस्तै राजस्थान ३ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै लिगको पाँचौं स्थानमा रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत