आइएमई पे र दराजवीच सम्झौता
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | १३:३४:०० मा प्रकाशित
काठमाडाैं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको जनाइएकाे छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।
आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ बैशाख ७ को दिन सम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ः३० सम्म १०% छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक Rush Hour आधा–घण्टामा १०% छुट अधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएकोे छ । Rush Hour को समय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछ साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme) जस्ता आकर्षक उपहार पनि जित्न सकिने छ । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले IME Pay भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन् ।
यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास लिएको आइएमई पेले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस