लक्ष्मी माविले मनायो ६४ औं बार्षिकोत्सव
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | ११:३९:०० मा प्रकाशित

लेखनाथ । पोखरा २६ अर्घौमा रहेको लक्ष्मी माविले विविध कार्यक्रमका साथ आफनो ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आफनो बार्षिकोत्सव कै अवसर पारेर विद्यालयको भौतिक विकास अन्तरगत करिव ७०लाखको लागतमा निर्माण गरिएको चार कोठे पक्की भवनको समेत समुदघाटन गरिएको थियो ।
भवनको उद्धाटन गर्दै पुर्व गृहमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालय तर्फ आकर्षण बढाउन शैिक्षक गुणस्तरलाई बृद्धि गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले हाम्रो शिक्षा क्षेत्र विदेश जाने लाईसेन्न बनाउने अखडा जस्तो भएकाले अवको आवस्यकता भनेको स्वदेशमा नै रोजगारीका अवसर सृजना हुने खालका प्राविधिक र ब्यवहारिक शिक्षा अनिवार्य भएको धारणा राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समोन्वय इकाई प्रमुख नारायण प्रसाद सुवेदी,पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत विश्वराज आचार्य,काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप कार्यकारी निर्देशक ज्ञानेन्द्र बहादुर कार्की,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय,नेपाली काग्रेसका नेता राजेन्दमणि लामिछाने, संचालक समितिकी सदस्य हरिप्रया पौडेल,पुर्व शिक्षक प्रकाशलाल श्रेष्ठ,लेखनाथ बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हरिवहादुर जिसी लगायतले आ आफनो धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक जगननाथ अधिकारीले विद्यालयको प्रगति बिवरण सहित भावी योजनाका बारेमा प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य ब्यवस्थापन समितिकी सदस्य सर्मीला विकले गरेकी थिईन भने कार्यक्रम संचालन शिक्षक विष्णुप्रसाद तिवारीले गरेका थिए ।
विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा गत शैक्षिक सत्र २०७६ र ७७मा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण र विद्यालयको भौतिक तथा शाैिक्षक विकासमा सहयोग पु¥याउदै आउनु भएका चन्दादाता तथा अक्षयकोष दाताहरु र पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस