सोमबारसम्म उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १३:३६:०० मा प्रकाशित
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले जानकारी दिएका छन् । ‘स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तममै आफुनो आवश्यकता र औचित्यका आधारमा चुनाव जित्नेगरी गठबन्धन गर्न भनेका छौ’ झाले भने, ‘उम्मेदवार छनोट गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रष्टाचारमा लिप्त छन भने रिपिट नगर्न अनुरोध गरेका छौ ।’
अघिल्लो पटक राजपाबाट २४ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । तर आगामी निर्वाचन भने यसअघिको भन्दा राम्रो गर्ने लोसपाको दाबी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस