सोमबारसम्म उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन
- गाउँ सहर संवाददाता
- २५ चैत शुक्रबार, २०७८ | १३:३६:०० मा प्रकाशित

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले जानकारी दिएका छन् । ‘स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तममै आफुनो आवश्यकता र औचित्यका आधारमा चुनाव जित्नेगरी गठबन्धन गर्न भनेका छौ’ झाले भने, ‘उम्मेदवार छनोट गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रष्टाचारमा लिप्त छन भने रिपिट नगर्न अनुरोध गरेका छौ ।’
अघिल्लो पटक राजपाबाट २४ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । तर आगामी निर्वाचन भने यसअघिको भन्दा राम्रो गर्ने लोसपाको दाबी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस